Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

झापा,  ८  साउन  ।  रातिदेखि परेको अविरल वर्षाका कारण झापाको विर्तामोड, बनियानी लगायतका क्षेत्रका केही घर डुवानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय बनियानीले दिएको जानकारी अनुसार झापा कचनकवल गाउपालिका ६ बनियानी बस्ने उमा ढुङ्गानाको टाटी बेराले बनाएको घरमा पानी पसेर बस्न नमिल्ने भएको छ ।

उनको घर डुवेपछि प्रहरीले पीडित परिवारलाई छिमेकी दिपा अर्यालको घरमा स्थान्नतरण गरेको छ ।

त्यस्तै अदुवाखोलामा आएको बाढी झापा बिर्तामोड नगरपालिका ९ बस्ने मोहन कुमार उप्रेतीको ३ जनाको परिवार , भक्ति गौतमको ४ जनाको परिवार, सोमनाथ थापाको ५जनाको परिवार, घनश्याम सुबेदीको ६जनाको परिवार, सुनिता बास्कोटाको ४ जनाको परिवारलाई पनि छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ ।

उता झापा मेची नगरपािलका –७ सृजनशिल टोल गुम्वा छेउस्थित कालीखोलामा पानीको बस्तीमा पस्दा ५ वटा सुगुर बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments