Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

रौतहट,  ८  साउन  ।  मंगलबार राति देखि परेको लगातारको वर्षाका कारण बाग्मती र लालबकैया नदीमा बुधबार अपरान्हबाट पानीको बहाव बढेको छ । यसले वरपरका बस्तीलाई समस्यामा पार्नसक्ने जनाइएको छ । असारको अन्तिम सातामा आएको बाढी र डुबानको पिडा कम हुँदै गएको बेला फेरी बाढीको त्रास बढेको छ ।
चुरे क्षेत्रमा भारी वर्षा भएकाले दुवै नदीमा बाढी आएको हो ।

असारको बाढीले बाग्मती नदीमा २ ठाउँमा तटबन्ध भत्काएको थियो । राजदेवीको ब्रम्हपुरी र गढिमाइ ३ लक्ष्मीपुर नजिक तटबन्ध भत्काएको हो । त्यस स्थानमा बोराको तटबन्ध लगाउने काम भईरहेको बेला बर्षाले पुन समस्या ल्याउन सक्ने राजदेवी नगरपालीकाका उपमेयर अन्सु सिंहले बताइन् ।

‘बाढी रोकीएपछि कटान सुरु भएको थियो । त्यही रोक्ने प्रयासमा थियौं,’उनले भनिन् ,‘फेरी पानी पर्न थालेको छ । बाढी आयो भने ठुलो समस्या हुन्छ ।’ जिल्ला प्रशासनले वर्षा र बाग्मतिको अवस्था हेरेर नदी वरपरका बस्तिमा उच्च सतर्कता अप्नाउन भनेको छ । अहिले सुरक्षा अधिकारीहरु छलफलमा जुटेका छन् ।

गत असार २७ गते आएको बाढीले लाल बकैया नदीले ७ स्थानमा तटबन्ध भत्काएको थियो । बुनियाद, लक्षिमपुर , परोहा, राजपुर, कटहरिया, देवाही र बन्जरहा नजिक तटबन्ध बगाएको थियो । बाढीले बगाएको तटबन्ध मर्मत नभएकोले स्थानीय त्रसित छन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले दुवै नदिमा पानीको सतह बढेकोले वरपरका स्थानियलाई सतर्क रहन भनेको बताए ।

‘हामिले सबै स्थानियतहलाई बाढी र डुबानबाट मानविय लगायतको क्षति कम गराउने तिर सतर्क रहन भनेका छौं,’ उनले भने, ‘माथिल्लो निकायमा पनि जानकारी गराईसकेका छौं र तयारी हालतमा बसेका छौं ।’

बाग्मतीको पानी गढीमाई नगरपालीकाको लक्ष्मिपुर क्षेत्रबाट गाउँ पसेको भनेर प्रजिअ थापालाई स्थानियले जानकारी गराएका छन् । कर्मैया बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका बाग्मती नदी तटिय क्षेत्रका स्थानियलाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको प्रजि थापाले सुनाए ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments