Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठ्माडौं,  ७  साउन  ।  भ्याट फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको बताएका छन्।

साउन १ गतेदेखि यातायत क्षेत्रमा देखिएका समसामयिक विषयहरुमा माग राखी ट्रक यातायात व्यवसायी ढुवानी व्यवसायी र स्वतन्त्र चालक समाज नेपालले गर्दै आएको आन्दोलन सोमबार सरकारसँग सहमति भएपछि फिर्ता भएको हो।

सात दिनदेखि ठप्प रहेको ढुवानी सेवा सञ्चालनमा आएको छ। चालू आर्थिक वर्षदेखि ढुवानी व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता गर्नुपर्ने नियम ल्याएपछि व्यवसायीहरु आन्दोलिन गर्दै आएका थिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसहितको टोली र ढुवानी व्यवसायीबीच छलफल भएको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments