Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  ६  साउन  ।  पछिल्लो १० वर्षको अवधिमा नेपालबाट १ सय ४७ बालबालिका हराइरहेको बाल अधिकारका लागि राष्ट्रिय अभियान नामक संस्थाले दाबी गरेको छ । उक्त संस्थाले सोमबार पत्रकार सम्मेलन गर्दै २०५० यता धर्मपुत्ररपुत्रीका नाममा विदेश लगिएका मध्ये यी बालबालिका बारे कुनै तथ्यांक नभेटिएको जनाएको छ ।

०५० देखि २०६५ सम्म २ हजार २ सय ३४ बालबालिका विदेश पठाईएकोमा उल्लिखत बालबालिकाबारे केन्द्रीय बालकल्याण समिति तथा सरकारसँग अभिलेख नभेटाएको अभियानका संयोजक प्रविन सिलवालले बताए।

तीन तहको सरकार हुँदा पनि बालबालिकाले अभिभावकत्वको अनुभुत गर्न नपाएको उनको आरोप छ। अभियानका सदस्य धीरज जोशीले केही बिचौलियाहरुले बालबालिकाको बेचबिखन गरी तलब खाइरहेको आरोप लगाए।

नेपालमा २०३३ सालमा भएको मुलुकी ऐनको छैटौं संशोधनले विदेशी नागरिकलाई धर्मपुत्ररपुत्री लैजान सक्ने व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments