Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

संखुवासभा,  १  साउन  ।  सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ ।

स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments