Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठ्माडौं,  ३०  असार  ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्।

सरकारका प्रवक्ता समेतरहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टयाएका हुन्।

सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टीभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिए। उनले सञ्चार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेको भन्दै उनले अपत्ति जनाए।

मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यामलाई कारबाही हुने पनि बताए। उनले सञ्चार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए।नेपालखबर

तपाईको प्रतिक्रिया