Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

पाँचथर,  २९  असार  ।  पाँचथरको मिक्लाजुङ गाँउपालिका ४ रविमा खोलाले बगाएर बालक मृत फेला पारेका छन्। खोलाले बगाएर बेपत्ता भएको दुई दिनपछि खेसङखोपाका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई मृत अवस्थामा भेटिएको हो।

दियाललाई रविको नयाँखोलाले शुक्रबार स्कुल जाने क्रममा बगाएर बेपत्ता बनाएको थियो। यावाराङ झरनाको केही तल आइतबार दिउँसो दियानको शव फेला परेको हो।

प्रहरी र स्थानीयले बालकलाई मृत फेला पारेका हुन्। इलाका स्वास्थ्य कार्यालयमा रविमा मृतक बालकको शव पोस्टमार्टम गरिएको छ।

मृतक वालक रविस्थित होलिचाइल्ड इङ्लिस स्कुलमा कक्षा चारमा अध्यनरत थिए। दाईसँगै विद्यालय आउने क्रममा दियानलाई खोलाले बगाएको थियो।

तपाईको प्रतिक्रिया