काठ्माडौं, २९ असार । अविरलवर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
लगातार परेको वर्षाले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म ६० जनाले ज्यान गुमाएका छन्। देशका विभिन्न ठाउँमा गरी २४ जना पुरुष र ३६ जना महिलाको मृत्यु भएको हो।
त्यस्तै बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म २६ जना वेपत्ता भएका छन् । वेपत्ता भएका मध्ये पुरुषको संख्या १४ र महिला १२ जना रहेका छन् भने ३८ जना घाइते बनेको प्रहरीले जनाएको छ। घाइते हुनेमा २१ जना पुरुष र १७ महिला रहेका छन् ।प्रहरीले बाढी, पहिरो र डुबानमा फसेका १ हजार ४ सय ४४ जनाको उद्धार गरेको छ।
वर्षाका कारण प्रदेश १, २ र ३ सबैभन्दा बढी प्रभावित बनेका छन्।






