Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

जनकपुर,  २९  असार  ।  बुधबारदेखि परेको अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ ।

धनुषाको जनकनन्दनी गाउँपालिका स्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि सो रेल्वे लिक टुटेको जनाइएको हो ।

रेल्वेको करिब ६० देखि ७० मिटर सम्मको लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिए । उनका अनुसार सो स्थानमा अहिलेसम्म पनि पानी जमेको छ । जनकनन्दनी गाउँपालिकामा करिब २ हजार घर परिवार विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments