Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

झापा,  २८  असार  ।  खोलाले बगाउँदा झापामा आज एक बालकको मृत्य भएको छ । खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–५ का नौ वर्षीय सौगात चापागाईंको मृत्यु भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

चापागाईंलाई घर नजिकैको बनियानी खोलाले बगाएको हो । उनी खेल्ने क्रममा चिप्लेर खोलामा खसेका थिए । जिल्लामा हालसम्म बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार खोलाले बगाउँदा इलाम चुलाचुली गाउँपालिका–१ का ५५ वर्षीय अञ्चल लावती र सङ्खुवासभा घर भई दमक–१० मावली आएकी छ वर्षीया एलिजा न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments