गौरादह, २६ असार । चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर गौरादह-८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरँगको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह-८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान करिब १० बजे करेन्ट लागेर मृत्यु भएको हो ।
मोरँग रतुवामाई-१ का गोल्छा महतोका छोरा ६ बर्षिय रोशन महतो गौरादह-८ दामाबारी स्थित मामा संजित महतोको घरमा बसेर स्थानिय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए ।
मोबाईल चार्जमा राखिएको बेला भिजेको हातले छुदा करेन्ट लागेको कुरा पारिवारिक स्रोतले जनाएको छ ।
घटनास्थलको मुचुल्का बनाई बालकको सवलाई पोस्टमार्टमका लागि आम्दा अस्पताल दमक लगिएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।






