Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

गौरादह,  २५  असार ।  गौरादह कृषि क्याम्पसमा रहेको अनेरास्ववियूमा प्रवेश गर्ने नव सदस्यहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियू गौरादह कृषि क्याम्पस मूल इकाई समितिद्वारा आयोजना गरिएको कार्यक्रममा पहिलो वर्षमा ४५ मा २७ जना विद्यार्थिले सदस्यता लिएका थिए । यस वर्ष ४७ मा २७ जना विद्यार्थिले अनेरास्ववियुको सदस्यता लिएको अनेरास्ववियू गौरादह कृषि क्याम्पसका अध्यक्ष विराज भण्डारीले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

नेकपा पार्टी कार्यालय डिपु चोकमा सम्पन्न कार्यक्रममा नयाँ सदस्यहरु लिने विद्यार्थीहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको थियो । “अनेरास्ववियूको अभिभारा दिगो कृषि हाम्रो नारा”भन्ने मूल नाराका साथ गौरादह कृषि क्याम्पसमा अनेरास्ववियु स्थापना भएको १ वर्ष पुग्न लाग्दा विभिन्न ३४ जिल्लाबाट ५४ जनाले सदस्यता लिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

अनेरास्ववियू गौरादह कृषि क्याम्पसका अध्यक्ष विराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश नं. १ कमिटि सदस्य अमर शिवाकोटी प्रमुख अतिथि रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments