Online Bichar
बिहिबार, जेठ ०३, २०८१ | Thursday, May 16, 2024

काठ्माडौं,  २०  असार  । अभ्यास मोबाइल एपबाट राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) देखि एमडी सम्मको तयारी कक्षा निशुल्क लिन मिल्ने व्यवस्था ल्याएकोछ।

विभिन्न प्रवेश परीक्षामा सोधिने जस्तै ढाँचामा तयार गरिएका प्रश्नहरुको अभ्यास एप बाट गर्न सकिन्छ ।

आफूलाई चाहेको बेलामा अभ्यास परीक्षा समेत दिन पाइने गरि बनाइएको एपले पैसा तथा समयको बचत गर्ने कम्पनीको दाबी छ ।

यो मोबाइलमा मात्रै नभएर कम्प्युटरबाट पनि चलाउन सकिन्छ ।

यसले विद्यार्थीलाई साप्ताहिक रुपमा नियमीत अभ्यास परिक्षा पनि लिने गर्छ ।

‘विद्यार्थीले आफैले आफ्नो परिक्षा लिन सक्छन् र मूल्याङकन पनि गर्न सक्छन् ’कम्पनीले भनेको छ।

साप्ताहिक परीक्षा अहिले निशुस्ल्क भएपनि पछि भने सामन्य शुस्ल्क लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले विस्तारै एमबिबिएस र इन्जिनियरिङको तयारी कक्षा तथा लोक सेवा आयोगको परीक्षाको तयारीसमेत समाबेश गर्ने तयारी भएको बताएको छ ।

तपाईको प्रतिक्रिया