विराटनगर, २० असार । कानून न्याय तथा संसदीय मन्त्री भानुभक्त ढकालले काठमाडौंमा हुने भनिएको भारतीय फिल्म अवार्ड ‘आईफा’ इभेन्ट भएरै छाड्ने बताएका छन् । ‘केही मिडिया र सोसल मिडियाले आत्मरतीमा रमाएर आईफा अवार्ड हुने र नहुने आफैं घोषणा गरेर अतिरन्जित गरेका हुन् ।’ मन्त्री ढकालले शुक्रबार मोरङ व्यापार संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा भने आइफा नहुने भन्नेबारेमा सरकारलाई केहीपनि जानकारी छैन ।
ुआईफा इभेन्ट सरकारले आयोजना गर्ने होइन । आयोजना गर्ने अर्कै संस्था छ,ु उनले भने, ‘आईफा इभेन्ट नगर्ने विषयमा सरकार पछि हटिसकेको छैन र इभेन्ट भएरै छाड्छ ।’
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत बुधबार आईफा इभेन्ट नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मिताविरोधी रहेको निष्कर्ष निकालेको थियो । संसदीय समितिले दिएको निर्देशन अनुसार आईफा इभेन्ट रोक्नेबारे समितिले मन्त्रिपरिषद् र पर्यटन मन्त्रालयलाई पत्र पठाएको थियो ।
त्यसैगरी मन्त्री ढकालले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर सञ्चार विधेयक पास हुने बताए । सरकार र सरोकारवाला पक्षसँग त्यसबारे छलफल भइरहेको बताउँदै उनले दुई पक्षले संशोधन गर्नुपर्ने विषयको टुंगोगो लगाएपछि संशोधन सहित सञ्चार विधेयक पारित हुने स्पष्ट गरे ।
सरोकारवालासँग आवश्यक परामर्श र छलफल कम गरिएका कारण केही विधेयक विवादमा तानिएको स्वीकार्दै मन्त्री ढकालले विगतमा कानून र विधेयक बनाउँदा चार तारे होटलमा बस्ने र विज्ञ भनाउँदाहरुले ठेक्का लिएर बनाएका विधेयक विवादित नभएको दाबी गरे ।
विगतमा विधेयक तयार गर्दा चार तारे होटलमा बसिन्थ्यो । विज्ञहरुले ठेक्का लिएर विधेयक बनाउथे । त्यतिखेर विधेयक बनाउँदा मुहानमै चलखेल र बाह्य पक्षको हस्तक्षेप हुँदा काहिँबाट विरोध हुँदैन थियो, ढकालले भने, ‘यसपालि विगतका परम्परालाई सरकारले तोड्दै तारे होटलमा नबसी एनजीओको चलखेल र बाह्य हस्तक्षेप हुन नदिई सिधैं संसदमा विधेयक पुर्याउँदा विरोध खेप्नु पर्यो ।’
अहिले संसदमा विधेयक लैजाने तयारी गर्दा नै विपक्षी र सरोकारवालको छटपट सुरु हुने गरेको उल्लेख गर्दै मन्त्री ढकालले यो कार्य जनादेश विपरित भएको बताए । सर्वसाधारण नागरिकले कानुन नबुझ्दा यस्तो समस्या भएको उनको भनाइ थियो । यहाँ अर्थ, गृह र विकास निर्माण सम्बन्धी मन्त्रालय मातहत हुने क्रियाकलापबारे सर्वसाधारण विज्ञ छन्, उनले भने, कानुनका विषयमा पहिलादेखि नै कम चासो राख्ने गरिएकाले अहिले विधेयकबारे विवाद बढ्यो । मौलिक हक सम्बन्धी विभिन्न १६ वटा कानुन बनेका र अबुझका कारण ती कानुन कार्यान्वयनमा समस्या भएको ढकालको भनाइ थियो ।कान्तिपुर






