Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

विराटनगर,  १९  असार  ।  मोरङको उर्लाबारी नगरपालिका-३ सुनझोडास्थित सार्वजनिक प्रतीक्षालयमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४०-४५ वर्षको जस्तो देखिने पुरुषको शव बिहीबार बिहान फेला परेको हो।

स्थानीयका अनुसार केही समयदेखि सुनझोडा क्षेत्रमा मागी खाने ती पुरुष बुधबार राति प्रतीक्षालयमा सुतेका थिए। बिहान मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मृत फेला परेका पुरुषको पहिचान नखुलेको जनाएको छ ।शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments