Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

विराटनगर,  १६  असार  ।  मोरङको सुन्दरहरैचा नगरपालिका १० मितेरी टोलमा पानीमा डुबेर सोमबार १७ महिनाका बालकको मृत्यु भएको छ। रामबहादुर सम्बाहाम्फेका छोरा पाङचुहाङ सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ।

रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालक घाइते भएका थिए।

प्रहरीका अनुसार डुबेर अचेत भएका बालकको सुकुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments