Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

गौरीगंज,  १६  असार  ।  ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई संविधानले निर्दिष्ट गरेका महिलाहरुका हक अधिकारका बारेमा जानकारी गराउन महिला अधिकार तथा क्षमता अभिवृद्धि सम्बन्धि दुईदिने तालिम शुरु भएको छ । गौरीगंज गाउँपालिकाको ३ नं. वडा कार्यालयको आयोजनामा शुरु भएको तालिममा वडा भित्रका एक सय जना महिलाहरु सहभागि भएका छन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गाउका कुना काप्चामा रहेका महिलाहरुले कुनै प्रकारको हिंसा बाट प्रेरित  हुन नदिन कार्यक्रमको सञ्चालन गरिएको वडा नं. ३ का वडाध्यक्ष मखना महतो गैदारले बताए ।

सहभागिहरुलाई झापा वार एशोसिएसन अधिवत्ताहरु कविता शर्मा र उमा कार्कीले सहजीकरण गरिरहेका छन् । सहजिकरणका क्रममा अधिवत्ताद्वयले महिला हक अधिकार र हिंसाका बारेमा प्रशिक्षण गरेका छन् । बालविवाह, घरेलु हिंसा, यौनजन्य हिंसा, सम्बन्ध विच्छेद, महिलाको सम्पति सम्बन्धि अधिकार, महिला सशक्त्तिकरण, नेतृत्वको विकासको बारेमा विस्तृत जानकारी गराईरहेका छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

वडा नं. ३ का वडा अध्यक्ष मखना महतो गैदारको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो ।
गौरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सरिता शेर्पा, वडा सदस्यहरु हेमा आचार्य, भवेश दास, महिला शाखा प्रमुख सुुष्मा कोइराला, ज्ञानोदय मावि प्रिन्सिपल कल्पना थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने वडा सचिव सन्तोष मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments