Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

गौरादह,  १४  असार  ।  संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को गौरादह नगर समिति गठन भएको छ । माउण्ट एभरेष्ट मा.वी. गौरादहको सभाहलमा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले सन्जीव बहादुर कार्कीको अध्यक्षतामा १४ सदस्यिय नगर समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षहरुमा प्रमोद न्यौपाने, गोपाल पंगेनी, महिला उपाध्यक्षमा कल्पना घिमिरे र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन् । समितिका सदस्यहरुमा फागुलाल शर्मा, देवेन्द्र खतिवडा, इन्दिरा मिश्र, सम्भु साह, रुद्र कुमार वराल, रोहित आचार्य लगायत रहेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियनले शिक्षकहरुका हकहितका वारेमा संवन्धित निकायमा आवाज उठाउने गोल्डेन सनराइज मा.वी.का शिक्षक कमल न्यौपानेले जानकारी गराए । तदर्थ समिति संयोजक सन्जीब वहादुर कार्की अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एन. पी. लामिछानेले कार्यक्रमका उद्घाटन गर्दै निजी क्षेत्रमा सेवारत शिक्षकहरुले हालसम्म कुनै प्रकारको थप सेवा सुविधा नपाएको र अवकास पछी खालीहात घर फर्कनु पर्ने वाद्यता रहेकाले नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यथासिघ्र लागु गर्नु पर्ने, संघिय शिक्षा ऐनमा व्यवस्था भएका विदा तथा सेवा सुविधाहरु समान रुपमा लागु गराईनु पर्ने, स्थानिय तथा प्रादेशिक तहको शिक्षा ऐन र नियमावलीमा इस्टुको प्रतिनिधित्व हुनु पर्ने, सामुदायिक शिक्षकहरु सरह निजी क्षेत्रका शिक्षकहरुलाई समेत समान रुपमा तालिम प्रदान गरिनु पर्ने धारणा राखे ।

कार्यक्रममा इस्टु प्रदेश नं. १ अध्यक्ष यादवराज अधिकारीले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले इस्टुले राखेका माग पुरा नभए जस्तो सुकै कदम चाल्न तयार रहेको वताए । जिल्ला अध्यक्ष होमराज खतिवडा, भावना निरौला, पदम गजुरेल, दिपक खड्का लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुभाष पाण्डेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments