Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठ्माडौं, १३  असार  ।  काठमाडौंमा सिरिन्ज आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महिलामाथि सिरिन्ज आक्रमण गरेको आरोपमा प्रहरीले रामेछापका ३० वर्षिय सन्तोष कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सिरिन्ज आक्रमण भन्दै त्रास फैलाउने उनलाई प्रहरीले बिहीबार राती पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् ।

महाराजगञ्जमा फाष्टफुड सञ्चालन गर्दै आएका कार्कीले पसल बन्द गरेर सोह्रखुट्टे टंकेश्वर हुँदै नैकाप फर्कने क्रममा बेलुकी १० बजे महिलालालाई काँटीले आक्रमण गरेको स्वीकारेको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार कार्कीले ढलान काँटीले महिलामाथि आक्रमण गरेको स्वीकारेका छन्।

काठमाडौं वडा नम्बर १७ मा जेठ १८ गते राती १० बजे, काठमाडौं १६ मा जेठ ३२ गते १० बजे, जेठ २० गते १० बजे डल्लुमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले महिलामाथि आक्रमण गरेका थिए।

सिरिञ्जले आक्रमण गरेको हल्ला चले पनि ती आक्रमण काँटीबाट भएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments