Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

एजेन्सी ।  वातावरणीय मामिलामा फिलिपिन्सको अवस्था निकै दयनिय बनेको छ । त्यहाँका सरकारले अहिले देशलाई हराभरा बनाउँन निकै कोसिसमा लागि परेको छ ।

यसैबीच पर्यावरणलाई नै जोगाउनका निम्ति फिलिपिन्सले सम्भवतस् कुनै पनि मुलुकमा नभएको कानुन अघि सारेको छ । फिलिपिन्सले अब कुनै पनि शिक्षाको तह पास गरेका विद्यार्थीलाई पास गरेको प्रमाणपत्र दिने नयाँ नियम बनाएको हो ।

एलिमेन्ट्री स्कुल (कक्षा १ देखि ६) जुनियर हायर स्कुल(७ देखि १०) र सिनीयर हायर स्कुल(११ देखि १२), स्नातक तथा स्नातकोत्तर पासगरेपछि विद्यार्थीले १० वटा बोट(विरुवा सारेपछि मात्रै त्यो तह पास गरेको प्रमाणपत्र दिने नियम बनाएको हो । फिलिपिन्स कांग्रेसका एक नेता ग्रे अलिजनोले यो कानुन निमार्णमा अहं भुमिका खेलेको जनाइएको छ ।एक पूस्तामा ५२५ अर्ब विरुवा सारिनेछन् र त्यसमध्ये अर्को पुस्ताले करिब ५२ अर्ब मात्रै विरुवा पाउनेछन् । सारिका सबै बोट विरुवामध्ये १ प्रतिशतमात्रै पुर्ण रुपमा हुर्कने उनको भनाइ छ ।

फिलिपिन्समा प्रत्येक वर्ष १ करोड ७५ लाख विद्यार्थी ग्रेजुएट हुन्छन् त्यसअनुसार अब प्रत्येक वर्ष १ सय ७५ लाख विरुवा रोपिने छन् ।

फिलिपिन्समा वनक्षेत्रको निकै संकट परेको बताइन्छ । त्यहाँको लगभग ७० प्रतिशत वनक्षेत्र
घटेर अब २० प्रतिशतमा झरेको जनाइएको छ । कानुन अनुसार बोट(विरुवा हुर्कन सक्ने ठाँउ हेरेर सो ठाँउमा मात्रै वृक्षारोपण हुने छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments