Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन नसकेमा बाम गठबन्धनको अस्तित्व नै धरापमा पर्ने भएकाले आफू सरकार गठन अगाडि नै पार्टी एकता गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।

एमाले र माओवादी बीच पार्टी एकताको विषयमा विभिन्न टिका टिप्पणी भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले एकता कुनै व्यक्तिको पदको लागि भन्दा पनि समग्र राष्ट्रको किास र समृद्धि र जनताको भावनालार्य सम्बोधन गर्न आवश्यक रहेको बताए ।

नेपाल टेलिभिजनसँग अन्तरवार्ता दिँदै अध्यक्ष प्रचण्डले दुबै पार्टीका नेता कार्यकर्ताको सम्मानजनक सहभागिता विना एकता हुन नसक्ने बताए । उनले भने, नेपालको बामपंथी पार्टीहरु बीचको एकता एक अर्कामा विलीन भएर हुन सक्दैन । दुबै पार्टीका नेता कार्यकर्ताहरुमा सम्मानित र गौवान्वीत हुनेगरी मात्रै एकता हुनुपर्छ ।

अन्तरवार्तामा प्रचण्डले कुनै एउटा पार्टीले सबै लिने र अर्कोले सबै छोड्ने कुरा एकता हुन नसक्ने भन्दै एमाले अध्यक्ष के पी ओली र आफूमध्ये एकले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने कुरा नै सबैभन्दा वस्तुवादी हुन सक्ने बताए । प्रचण्डले भने–‘हामी दुई जना मध्ये एक जनाले सरकारको नेतृत्व गर्ने र अर्काले पार्टीको नेतृत्व गर्ने कुरा नै सबै जनताको पनि चाहना छ, आम मतदता र कार्यकर्ताको पनि भावना छ ।’

उनले थपे, ‘सबै एउटैले राख्ने भन्यो भने त एकता कसरी हुन्छ र ? मेरो मान्यता के हो भने यसमा सहमतिमै अगाडि जानुपर्छ ।’
प्रचण्डको भनाई छ, ‘मैले केपी ओलीजीलाई भनेको छु के गर्दा ठीक हुन्छ, कसरी सम्मानजनक एकता हुन सक्छ , तपाईं नै भन्नुस्, प्रधानमन्त्री मुख्य कुरा जस्तो लाग्छ भने प्रधानमन्त्री लिनुस, पार्टी मुख्य लाग्छ भने अध्यक्ष लिनुस तर सम्मानजनक रुपमा एकता हुनुपर्छ भन्ने भावनाको सम्मान गरौं भनेको छु ।’

प्रचण्डले आफू अस्थिर नभई समय सापेक्ष परिस्थितिको ठोस विश्लेषण गर्दै पाइला चाल्ने मान्छे भएको बताए । उनले एमालेसंगको एकता, कांग्रेससँगको तालमेल आदि राष्ट्रिय आवश्यकताले चालिएको कदम भएको प्रष्ट्याए ।

उनले प्रचण्ड कस्तो हो भन्ने कुरा आफ्ना व्यवहारबाट देखिने बताउँदै भने, ‘कसैले अस्थिर भन्छन, कहिले युद्ध भन्छ, कहिले शान्ति भन्छ, कहिले कांग्रेससँग मिल्छ, कहिले एमालेसँग मिल्छ, कहिले संविधान भन्छ कहिले संविधानसभा विघटन भन्छ भनेर पनि भन्छन तर म राष्ट्रको आवश्यकता र जनताको चाहनालाई संवोधन गर्दै पाइला चाल्छु ।

प्रचण्डले भने, –‘भुकम्प गयो, महाविनाशकारी भुकम्प गएको बेला हामी प्रतिपक्षमा थियौं, संसदीय राजनीतिमा भन्ने हो भने सबैभन्दा अप्ठ्यारोमा सरकारलाई आलोचना गर्ने र पेल्ने र सरकार ढलाउने हो तर हामीले मैले नै संसदमा रोष्ट्रममा उभिएर राष्ट्रिय सहमति बनाऔं हामी सरकारलाई साथ दिन तयार छौं भनेँ । के त्या कुनै अस्थिरता हो की राष्ट्रको आवश्यकतामा पार्टीलाई ढाल्ने कुरा हो ?

प्रचण्डले संविधान निर्माणमा आफ्नो पहलमा राष्ट्रिय सहमति कायम भएकोमा गर्व गरेको बताए । उनले भने, –‘कति धेरै चुनौतिहरुको सामना गरेर संविधान बनायौं, मैले के पी ओलीलाई तपाई प्रधानमन्त्री हुनुस म लेखेर दिन्छु भनें, शुशील कोइरालाजीलाई तपाई राष्ट्रपति बन्नुहोस, म सहयोग गर्छु भनें, त्यसो नभए मुलुकमा संकट आउँछ राजनीतिक दुर्घटना हुन्छ भनें नभन्दै त्यस्तै भयो ।

प्रचण्डले आफू पटक पटक प्रधानमन्त्री भएको बारेको जिज्ञासामा तया पनि व्यक्तिगत स्वार्थबाट कत्ति पनि प्रेरित नभएको स्पष्ट पारे । प्रचण्डको कथन थियो, ‘म दाश्रो पटक किन प्रधानमन्त्री बनें, के म व्यक्तिगत स्वार्थको लागि प्रधानमन्त्री भएको हो त ? सबैले हेरौं म मधेश, पहाड हिमाल र दुबै छिमेकी देशहरुलाई सन्तुलनमा लगेर देशलाई निर्वाचनमा लैजान सक्छु भनेर गरेको हो ?मैले गरें पनि । त्यसो नगरेको भए सायन निर्वाचनमा देश जान सक्दैनथ्यो । ’

माओवादी पटक पटक सत्तामा पुगेर के गर्यो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘हामी पटक पटक सत्तामा पुगेको पनि हो नेतृत्व गरेको पनि हो । पहिलो पटक हामीले सरकारको नेतृत्व गर्दे गर्दा शान्ति सम्झौतालाई कार्यान्वयन गर्ने र शान्ति प्रक्रियाका, सेना समायोजनका कुराहरु टुंग्याउनुपर्ने थियो । त्यो गरियो । यो धेरै उपलव्धी हो । त्यो मानिसहरुले सामान्य मान्न सक्छन अहिले तर त्या सामान्इ विषय थिएन ।’

त्यसैगरी दोश्रो पटक नेतृत्व गरेकमो विषयमा प्रचण्डले भने, ‘दोश्रो पटक नेतृत्व गर्दा संविधान कार्यान्वयन गर्ने कुरा थियो । हामीले संविधानमा उल्लेख गरिएका संघियताको मोडल बनाउने कुरा, विकास र समृद्धिको लागि प्रयत्न गरियो ।’

प््रचण्डले देशको विकास र समृद्धिको लागि राजनीतिक अस्थिरताको अन्त्य आवश्यक भएको ठहर गदैृ बाम गठबन्धनमार्फत सस्थायीत्व दिन आफूहरले पहल गरेको बताए । उनले भने, ‘विकासको गति असाध्यै धेरै ढिला भयो भनेर अहिले अब बहुमतको सरकार बनाउने र विकासको दशक बनाउने भन्ने विषयमा हामी एकताबद्ध हुने घोषणा गरिएको हो ।’

उनले सरकार गठन भन्दा अगाडि पार्टी एकता होस भन्ने आफ्नो चाहना र प्रयत्न भएको बताए । उनले भने ‘सरकार गठन भन्दा अगाडि पार्टी एकता होस भन्न मेरो चाहना र जोड छ । यदि पार्टी एकता भएन भने गठबन्धनको अस्तित्व नै धरापमा पर्छ ।’ उनले अबको सरकारको प्रधानमन्त्री कपी ओली नै हुने स्पष्ट पारे । ओली जीकै नेतृत्वमा सरकार बन्छ । पार्टी एकता तत्काल भएन भनेपनि सरकार चाहीं बन्छ । प्रचण्डको भनाई थियो ।

समाजवादले नजीक ल्यायो स् संविधान निर्माण र चुनावसम्म आउँदा एउटै कार्य्दिशामा हामी आयौं, उहाँहरु पनि समाजवाद भन्नुहुन्छ, हामीले पनि समाजवादमा जाने भन्दैछौं । त्यसैले हामीलाई नजिक ल्यायो ।

एकताको आधार विचार र नेतृत्व नै हो स् यो छलफल पदको लािग होईन, म र उहाँ दुबै अध्यक्ष नै छौं । कसरी दुबै तिरको शक्तिलाई एकतावद्ध पार्न सकिएला, कसरी शान्ति विकास र स्थिरतामा देशलाई लैजान सकिएला भन्ने कुराको छलफल हो ।
एकताको आधार वैचारिक राजनैतिक लाईन हुन्छ, अर्को नेतृत्वहरुको सेटिङ्ग पनि हो । यसमा जाने र उसमा जाने भन्ने कुरा होइन, हुँदैन ।
अहिले राजतन्त्र छैन, हामी नयाँ ठाउँमा आइसकेका छौं । पुजिवादको चरणमा हामी आउका छौं । त्यसैले हामीले बहुदलीय जनवादमा जाने वा एमालेमा जाने भन्ने होइन, हामी विल्कूल नयाँ ठाउँमा आएका छौं, उहाँहरु र हामीहरु दुबै पार्टी पुजिवादको चरणबाट समाजवादको चरणमा जाने भनेपछि बहुदलीय जनवादलाई पनि विकसित गर्नु जरुरी छ र २१ औं शताव्दीको जनावादमा पनि विकास गर्नु जरुरी छ ।

नेपालमा जन्मेकोमा गर्व छ  मलाई नेपालमा जन्मेकोमा गर्व छ । संसारको सबैभन्दा अग्लो चुचुरो भएको देशमा, बीरहरुको बहादूरहरुको देशमा, ठूला ठूला विकसीत छिमेकी देशहरुको बीचमा रहेको नेपालमा जन्मेकोमा मलाई कुनै पश्चाताप छैन ।

तपाईको प्रतिक्रिया