Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

शान्ति सुब्बा

गौरादह, ८ जेठ ।  झापाको गौरादहमा माटो र आमाको स्वास्थ्य सुधार अभियान कार्यक्रम सम्पन्न भएको छ । जेठ ६ बाट शुरु भएको कार्यक्रम आज समापन गरिएको छ । गौरादह नगरपालिका वाड नं. १ को सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

महिला सञ्जाल गौरादहको आयोजनामा भएको कार्यक्रममा ५० जना महिलाहरुले सहभागिता जनाएका छन् । सहभागीहरुलाई अर्गानिक खेतिलाई विशेष जोड दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महिला सञ्जाल अध्यक्ष तथा कार्यक्रमकी सभापति तुलसा भुजेलले जानकारी दिनुभयो ।

कार्यक्रममा वस्तु तथा उपभोक्ता संरक्षण महासंघ नेपाल प्रदेश नं. १ अध्यक्ष खेमराज ढकाल र केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष राम बहादुर राईले सहभागीहरुलाई सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकद्वयले बाहीरी प्याकेट जन्य मा खानेकुराले असर पु¥याउने भएकाले त्यस्ता खानेकुराहरु बाट टाढा रहि आफ्नै भान्सामा, वरीपरी बारीमा फलाएका खानेकुराहरु खानुपर्ने जानकारी गराउनुभएको थियो । विभिन्न जडिबुटीहरु प्रदर्शन गरि चिनाउनुका साथै मानिसमा लाग्ने रोगहरुको बारेमा जडीबुटी बाट हुने उपचारको समेत जानकारी गराइएको थियो ।

महिला सञ्जाल अध्यक्ष तुलसा भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी प्रमुख अतिथि रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments