काठमाडौं, २४ बैशाख । प्रदेश नम्बर १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव पारित भएसँगै धनकुटाबासीले आन्दोलन घोषणा गरेका छन् ।
राजधानी विराटनगर राख्ने निर्णयको विरोधमा धनकुटावासीले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनमा उत्रिएका हुन् । प्रादेशिक राजधानी अभियान संघर्ष समितिका अनुसार धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त पार्ने काम भएको भन्दै आन्दोलन गरिएको हो ।
धनकुटालाई प्रदेश राजधानी बनाइनु पर्ने माग राख्दै विगतमा पनि आन्दोलन हुदै आएको थियो । सोमबार मात्रै प्रदेश सभामार्फत प्रदेश १ को स्थायी राजधानी विराटनगर राख्ने प्रस्ताव प्रदेश सभाबाट सर्वसम्मत पारित भएको थियो । संविधानमा प्रदेशको राजधानी र नामाकरण गर्ने अधिकार प्रदेश सभालाई नै दिइएको छ ।न्यूज२४






