Online Bichar
बिहिबार, मंसिर ११, २०८३ | Thursday, November 26, 2026

झापा, १० मंसिर २०८३ । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ४२ वर्षीय पारसनाथ प्रसाद यादवको मुटु रोगका कारण मृत्यु भएको हो । मङ्गलवार दिउँसो ३ बजे मुटुसम्बन्धी बिरामी भई उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा बुधवार बिहानको राति १ः३० बजे उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

 

तपाईको प्रतिक्रिया