नयाँ दिल्ली, ७ मंसिर २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल र भारतबीचको सम्बन्धमा प्रमुख तीन आधार रहेको बताएका छन् ।
सोमबार नयाँ दिल्लीमा नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएपछि संयुक्त प्रेस ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन् ।
“पारस्परिक सम्मान, अटल विश्वास र अविछिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशीला हो । अतुलनीय यस सम्बन्धको केन्द्रमा हाम्रो दुई देशका जनताहरू रहेका छन्,” प्रधानमन्त्री बालेनले भने ।
नेपाल र भारतबीचको आत्मीय सम्बन्धलाई शब्दले बाँध्न नसकिने उनले बताए ।






