काठमाडौं, १६ कार्तिक २०८३ । पर्वतमा नर्समाथि हातपात गरेको आरोपमा एक बिरामी कुरुवा पक्राउ परेका छन्। कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत नर्समाथि हातपात गरेको आरोपमा कुश्मा नगरपालिका–२, खुर्कोटका २७ वर्षीय दीपक शर्मा पक्राउ परेका हुन्।
अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रूपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वाभाविक हर्कत देखाएका थिए। त्यसक्रममा डिउटीमा खटिएकी २२ वर्षीया एक नर्सले सम्झाइ-बुझाइ गर्दा शर्माले उल्टै गालीगलौज गर्नुका साथै हातपात तथा कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
उनीविरुद्ध ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।






