Online Bichar
शुक्रबार, कार्तिक १४, २०८३ | Friday, October 30, 2026

बुटवल, १३ कार्तिक २०८३ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–२, सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी पोखरेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए । उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।

दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ का २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया