Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

काठमाडौं, २२ असोज २०८३ । नेकपा (एमाले) ले आउँदो मंसिर २६ गते वडा अधिवेशन गर्ने भएको छ । बिहीबार (असोज २२) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकबाट आउँदो पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरिएको छ ।

मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । त्यसमा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ, प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुने उनले बताए ।

नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरिएको छ । १३ जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ ।

स्थायी कमिटीको बैठक शुक्रबार (असोज २३) दिउँसो १ बजे फेरि बस्ने भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया