Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

काठमाडौं, २२ असोज २०८३ । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बलिउडका दिग्गज अभिनेता पाटेकर अभिनयका एक अब्बल कलाकार हुन् । उनका दर्जनौँ चलचित्र हिट छन् ।

समाचार अनुसार उनलाई गोवास्थित आफ्नै घरमा हृदयघात भएको थियो । उनलाई लगभग ४५ मिनेटसम्म सीपीआर गरिएको थियो ।

डा। शेखर सालकरका अनुसार नाना पाटेकरको बिहान ५ः२० बजे निधन भएको थियो । उनको मृत्युपछि मेडिको–लिगल केस (एमएलसी) दायर गरिएको छ । अब उनको पोस्टमार्टम गरिनेछ ।

नाना पाटेकरले १९८९ को ‘परिन्दा’मा अन्नाको भूमिका निर्वाह गरेका थिए, जसका लागि उनले सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए । उनले १९९४ को ‘क्रान्तिवीर’को लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पनि जितेका थिए ।

उनले १९९६ को ‘अग्निसाक्षी’को लागि सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरे । यसले उनको करिअरलाई तीन राष्ट्रिय चलचित्र पुरस्कारमा पुर्‍यायो ।

नाना पाटेकरलाई भारतीय चलचित्रमा उनको योगदानको लागि २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो । आफ्नो लामो चलचित्र करिअरको क्रममा, उनले हिन्दी र मराठी दुवै चलचित्रहरूमा काम गरेका छन् ।

तपाईको प्रतिक्रिया