Online Bichar
बिहिबार, आश्विन ०८, २०८३ | Thursday, September 24, 2026

ताप्लेजुङ, ८ असोज २०८३ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट हालसम्म करिब १० घर जलेका छन्।

अहिले आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं। १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। उक्त ठाउँमा करिब ५० घरहरु रहेका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो निभाउन दमकल प्रयोग गरिएको छ।

तपाईको प्रतिक्रिया