काठमाडौं, ८ असोज २०८३ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहीबार (असोज ८) जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी गराइएको छ ।
बिहीबार बेलुका ८ देखि शुक्रबार (असोज ९) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ ।






