काठमाडौं, ८ असोज २०८३ । नेकपा (एमाले) ले केही नेतालाई स्थायी कमिटी सदस्य बनाएको छ । जारी केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, काशीनाथ अधिकारी, शिवमाया तुम्बाहाम्फे, थममाया थापा, बिमला घिमिरेलाई स्थायी कमिटी सदस्य बनाएको हो ।
पोखरेल ११औँ महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग पराजित भएका थिए । ज्ञवाली महासचिवको उमेदवार बन्न नपाएपछि केन्द्र्रीय सदस्य मात्रै निर्वाचित भएका थिए । घिमिरे पूर्वसभामुख हुन् ।






