काठमाडौं, २८ भदौ २०८३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडक सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । गएको भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गर्दा १४ गते सडक भासिएको थियो ।
त्यसयता पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्दछ । जसको कारण काठमाडौं उपत्यकाको दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नुको साथै ग्यासको अभाव भएको छ ।
आइतबार भने सडकको भित्तातर्फको नयाँ ट्रयाक खोल्ने काम पूरा भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी सुमित खड्काले जानकारी दिए ।
सडक निर्माण गर्न थालिएको १३ दिनपछि ट्रयाक खोल्ने काम पूरा भएको उनले जानकारी दिए । ‘ट्रायल’को रूपमा ग्यास बुलेट र हेभी सवारी पास गराइएको उनले बताए ।
“आज एकतर्फी यातायात सञ्चालन गरेका छौँ । अबको तीनरचार दिनभित्र नै पूर्ण रूपमा सञ्चालन हुन्छ । ३०/३५ वटा सवारी पास गरेका छौँ । तर, यो ट्रायल मात्रै हो ।”






