झापा, २१ भदौ २०८३ । झापाको अर्जुनधारामा लागूऔषध बेच्दै गर्दा एकजना अटो चालक पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे अर्जुनधारा वडा नं. ७ स्थित वडा कार्यालय छेउमा मे १ ह २४४३ नं. को पहेलो अटोमा लागूऔषध बिक्री गरिरहेको अबस्थामा अर्जुनधारा वडा नं. ७ बस्ने ३३ वर्षीय सागर दर्जी पक्राउ परेका हुन् ।
गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा काँकरभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी बरिष्ठ नायव निरीक्षक हिमाल पोखरेलको कमाण्डमा गएको प्रहरी टोलीले दर्जीलाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ ।






