Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

काठमाडौं, १९ भदौ २०८३ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका २० वटा झोलुंगे पुलको मर्मत सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुर्‍याएको थियो। “सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्यांकन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुंगे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए”, कार्यालयले भनेको छ,“क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो ।”

जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुंगे पुलको मर्मतमा प्रगति भएको छ । यी पाँच वटा झोलुंगे पुलहरू एक महिनाभित्र मर्मत सम्पन्न गरिनेछ । पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुंगे पुलका लागि पनि सरकारले भदौ १७ गते नै बोलपत्र आह्वान गरिसकेको छ ।रासस

तपाईको प्रतिक्रिया