काठमाडौं, १३ भदौ २०८३ । भोटेकोशी बाढीको कारण पुरिएकी एक बालिकाको ६० घण्टापछि जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट टिमुरे नजिकबाट उक्त बालिकलाई जीवितै उद्धार गरिएको हो । घाइते उनलाई हाल उपचारका लागि राखिएको सशस्त्र प्रहरी निरीक्षक एसबी गुरुङले बताए ।
बालिकाको आवाज सुनेपछि प्रहरीले उनको उद्धार गरेको थियो । ”हामीले आमा, आमा भनेको आवाज सुन्यौँ । त्यसपछि बालिकालाई बचाउन सफल भयौँ,” गुरुङले भने,” बाढी गएको ६० घन्टापछि हामीले उनलाई बचाउन सफल भयौँ ।”
उनको परिवार भने सम्पर्कमा आइनसकेको गुरुङले बताए । बालिकाको परिचय पनि खुल्न नसकेको उनले बताएका छन् ।






