Online Bichar
आइतबार, भाद्र १४, २०८३ | Sunday, August 30, 2026

काठमाडौं, १३ भदौ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहले तीन तहकै सरकारबीचको समन्वयमा पूर्ण क्षमतामा उद्धार भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शनिबार उनले उक्त जानकारी दिएका हुन् ।

नेपाल सरकारले अत्यन्तै गम्भीर र संवेदनशील ढंगले काम गरिरहेको उनको भनाइ छ । ”बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ । तीनै तहका जनप्रतिनिधि, तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ,” उनले भनेका छन् ।

राज्यका सबै संयन्त्र प्रभावित प्रत्येक नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राखेर सक्रिय रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया