Online Bichar
शनिबार, भाद्र १३, २०८३ | Saturday, August 29, 2026

काठमाडौं, १३ भदौ २०८३ । रसुवाको भोटेकोसी नदीमा शुक्रबार राति फेरि बाढी बढेको छ । बाढी बढेकोबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्रिशूली नदीको तटीय क्षेत्र ९मुग्लिनसम्म०मा अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।

‘भदौ १२, राति ८:५४ बजे । जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचनाअनुसार भोटेकोसीमा पुन: बाढी बढेकोले त्रिशुली नदीको तटीय क्षेत्र ९मुग्लिनसम्म० अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ,’ महाशाखाले भनेको छ ।

तपाईको प्रतिक्रिया