काठमाडौं, १० भदौ २०८३ । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ ।
राहतका नाममा अनधिकृत व्यक्तिका क्यूआर सार्वजनिक भइरहेको भन्दै प्राधिकरणले सूचित गरेको हो । नेपाल सरकारले हालैका प्राकृतिक विपद्बाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूका लागि विभिन्न बैंक खाता विवरणहरू सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार, ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषु र ‘प्रधानमन्त्री राहत कोषुमा रकम जम्मा गर्न सकिने गरी विभिन्न वाणिज्य बैंकहरूको खाता नम्बर उपलब्ध गराएको हो ।
विपद् व्यवस्थापनका लागि स्थापित यस कोषमा तोकिएका ९ बैंकका १५ खाता नम्बर मार्फत रकम जम्मा गर्न सकिनेछ । जसमा हिमालयन बैंक लिमिटेडमा भने अमेरिकी डलरका लागि खाता नम्बर ०१९०५६३१२१००४६ तोकिएको छ ।
यस्तै अन्य बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको खाता ०१०१३२४३८०१ र ०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंकको ११३०१००००३७६२००१ र ११३०१०००००००६००६, एभरेष्ट बैंकको ००१००१०५२००२७० र ००१०११०२२०००१२,नेपाल बैंकको ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१ खातामार्फत सहयोग गर्न सकिने छ ।
यसैगरी ग्लोबल आइएमई बैंकको ००४०१०१०१००००००५७ र ००४११०१००००००००५, नबिल बैंकको १७१००१७५०५२८५, कृषि विकास बैंकको ०१००२०१००२९०७०१४ खातामा सहयोग जुटाउन अनुरोध गरिएको छ ।
साथै, प्रधानमन्त्री राहत कोषका लागि भने राष्ट्रिय वाणिज्य बैंकमा खाताहरू रहेका छन् । जसअनुरूप राष्ट्रिय वाणिज्य बैंकको १४३०१००००००२५००६ र १४३०१०००११६४०००१ मा रकम पठाउन सकिने छ ।अर्थ मन्त्रालयले रकम जम्मा गर्नुअघि सम्बन्धित बैंकबाट खाता नम्बर पुष्टि गर्न समेत विशेष आग्रह गरेको छ।






