Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

झापा, ८ भदौ २०८३ । सशस्त्र प्रहरीले बरामद गरेको ठूलो परिमाणको मोवाईल पार्टस भन्सार दाखिला गरेको छ । बरामद सामानको भन्सार मूल्य १८ लाख १ हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि आज दिउँसो २ः५० बजे मेची भन्सार कार्यालय, काँकरभिट्टामा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिएका छन् ।

शनिवार राति १२:४० बजे मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा इलाकाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्टस सशस्त्र प्रहरी बल, नेपालले बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. बाहुण्डाँगीबाट सशस्त्र प्रहरी नायब निरीक्षक रुद्रबिर राईको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारततर्फबाट केही व्यक्तिहरूले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेका थिए ।

गस्ती टोलीलाई देखेपछि सामान बोकेका व्यक्तिहरू सामान छाडी फरार भएका थिए । गस्ती टोलीले नियन्त्रणमा लिई जाँच गर्दा ४ बोरा विभिन्न किसिमका आईफोन मोबाइलका पार्टसहरू फेला परेको थियो ।

 

तपाईको प्रतिक्रिया