Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

काठमाडौं, ८ भदौ २०८३ । उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । सोमबार (भदौ ८)  बिहान करिब ९ः४५ बजे उदयपुरको बेलका नगरपालिका–५, जहडामा बस र अटो एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको को१ख ३५१६ नम्बरको बस र को।प्र।०५–००१ ह ०६१३ नम्बरको अटो ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा पुर्‍याएर सामान्य उपचार गरिएको थियो । थप उपचारका निम्ति घाइतेलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

धरानमा उपचारका क्रममा बेलका–५ की ३४ वर्षीया मन्दिरा मगर, अर्की एक महिला र अटोका चालक बेलका–५ कै २८ वर्षीय इन्द्र थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेलका–५ का १८ वर्षीय रोशन मगर र मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको उपचार सोही अस्पतालमा भइरहेको छ ।

अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा छ । बस र त्यसका चालक बेलका–५ का ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया