काठमाडौँ, २४ साउन २०८३ । प्रहरीले काठमाडौँ महानगरपालिका–११ स्थित भद्रकालीबाट सट्टेबाजी र क्रिप्टो कारोबारमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१२ घर भएका ४१ वर्षीय प्रेम थापा छन् ।
साउन २२ मा पक्राउ गरेर प्रारम्भिक अनुसन्धान गर्दा आरोपीले २ करोड ७३ लाख ४३ हजारको कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिए । उनले वान एक्स बेट, वाएक्स बेट पाटनर्स, मोब क्यास एप्लिकेन्सजस्ता एपबाट सट्टेबाजी गराउने गरेका थिए । प्रहरीले उनीविरुद्ध सट्टेबाजी र क्रिप्टोसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।






