Online Bichar
सोमबार, साउन १८, २०८३ | Monday, August 3, 2026

काठमाडौं, १७ साउन २०८३ । अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) मा संलग्न चारजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौं र भक्तपुरबाट भीओआईपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोशेस गुरुङ, काठमाडौंको शंखरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशम्शेर जबराले जानकारी दिए ।

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।

 

तपाईको प्रतिक्रिया