Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठमाडौं, १२ साउन २०८३ । देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी–मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी छ । मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लौकही–कोसी ब्यारेज खण्डकेन्द्रित भएका प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै यातायात सञ्चालनमा अवरोध गरेका छन् । सप्तकोसी नदीले कटान गरेको क्षेत्रमा केहीबेरदेखि तनाव कायम रहेको छ ।

कोसी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलहरूमा समेत तोडफोड र आगजनी गरेको छ ।

त्यहाँ उपेन्द्र मण्डल, अनिल महत्मान, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव, सरजुग यादव र रणकुमार श्रेष्ठ लगायतको पसलमा आगजनी तथा तोडफोड भएको बताइएको छ । अहिले त्यो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निषेधाज्ञाका बाबजुद सुनसरीका विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन् ।

तपाईको प्रतिक्रिया