काठमाडौं, १० साउन २०८३ । सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ। ईपीएस कोरिया शाखाले सूचना जारी गरेर सन् २०२६ का लागि प्रथम चरणको आवेदन भोलिदेखि खुला हुने जानकारी दिएको हो। यही जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने छ। यसपटक पनि आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ।
शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७ हजार २०० हुने अनुमान छ। जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार उत्तीर्ण हुने अनुमान छ। यसैगरी कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ।
प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुनेछ। कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्छ। यसपटक सेवा र वन क्षेत्र थप भएका छन्।






