काठमाडौं, ३२ असार २०८३ । पत्नी कुटपिट गरेको आरोपमा पाइलट आदित्य कसजुलाई प्रहरीले पक्राउ गरेको छ ।
कसजुलाई पक्राउ गरी अभद्र कसुर मुद्दामा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले बताए । प्रहरीका अनुसार उनी दुई दिनअघि पक्राउ परेका हुन् ।
पक्राउ परेका कसजुलाई प्रहरी बृत सातदोबाटो राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी बुद्ध एयरमा कार्यरत छन् ।






