Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

भद्रपुर, २० असार २०८३ । झापाको भद्रपुरमा ट्राफिक प्रहरीले कडाईका साथ सवारीसाधन चेकजाँच अभियानलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरी पोस्ट भद्रपुरले झापा चोक सडक खण्डमा शनिबार सञ्चालन गरेको अभियानका क्रममा विभिन्न प्रकारका २६ वटा सवारीसाधनको चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सिसामा कालो स्टिकर ९कालो सिसा० लगाइ सञ्चालन गरिएका दुई वटा सवारीसाधन फेला परेका थिए।

प्रहरीले सम्बन्धित सवारीधनी तथा चालकलाई कालो सिसा प्रयोग नगर्न आग्रह गर्दै ट्राफिक नियमबारे सम्झाईबुझाइ गरेको थियो। साथै, ती दुई सवारीमा लगाइएको कालो स्टिकर तत्काल हटाइएको ट्राफिक प्रहरी राजु राजवंशीले जानकारी दिए । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित र पारदर्शी सवारी सञ्चालन सुनिश्चित गर्न यस्ता चेकजाँच तथा सचेतनामूलक अभियानलाई निरन्तरता दिएको ट्राफिक प्रहरी हवल्दार प्रकाश अधिकारीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया