काठमाडौं, १७ असार २०८३ । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने नुवाकोटका ३८ वर्षीय कुमार थापामगरविरुद्ध मुद्दा दर्ता भएको छ ।
काठमाडौं प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । मुद्दा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो ।
‘नेपाली ब्रो’ले नेपाली सेनामा कार्यरत श्रीमती अम्बिका भुजेलको खुकुरी प्रहार गरेर हत्या गरेका थिए । उनले जेठ २२ गते तार्केश्वरमा श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए ।
प्रहरीले ‘नेपाली ब्रो’सहित उनकी प्रेमिका जुम्लाकी प्रतिक्षा आचार्य, सहोदर भाइ विक्रम थापामगर र बालाजुका पुजन क्षेत्री थापालाई पक्राउ गरेको थियो ।
उनीहरू चारजनाविरुद्ध नै ज्यान मुद्दा र मतियारको भूमिका गरेको कसुरमा कारबाहीसहितको मुद्दा दर्ता भएको छ ।






