काठमाडौं, १७ असार २०८३ । परराष्ट्रमन्त्री शिशिर खनालले सुस्ता, लिपुलेक, लिम्पयाधुरा र कालपानी क्षेत्रमा नेपाल र भारतबीच नक्सांकनको काम बाँकी रहेको बताएका छन् ।
बुधबार राष्ट्रियसभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तरका क्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
“नेपाल र भारतबीच सदियौँ पुरानो, लामो र खुला सिमाना रहेको सर्वविदितै छ । नेपालको हालको अन्तर्राष्ट्रिय सीमा मूलतः सन् १८१६ को सगौली सन्धिद्वारा स्थापित र निर्देशित छ,” परराष्ट्रमन्त्री खनालले भने, “नेपाल–भारत सिमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्सांकन हुन बाँकी रहेको छ ।”
सुस्ता, लिपुलेक, लिम्पयाधुरा र कालपानी क्षेत्र नेपालको भए पनि सीमासम्बन्धी दुवै देशका संयन्त्रले ती स्थानमा नक्सांकनको काम टुंग्याउन बाँकी रहेको उनले जनाए ।






