Online Bichar
बुधबार, आषाढ १७, २०८३ | Wednesday, July 1, 2026

झापा, १७ असार २०८३ । झापाको मेचीनगरमा भएको आगलागीबाट दुईवटा घर जल्दा १६ लाख बराबरको क्षति भएको छ । आज बिहानको राति १ बजे मेचीनगर-३ भावना चोक बस्ने पूर्णचन्द्र रिजालको ईटा र काठबाट बनेको टिनको छानो भएको दुईकोठे कच्ची घरमा अचानक आगलागी भएको थियो । सो आगलागीबाट सँगै टाँसिएको गोठ समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट घर आंशिक क्षति भएको र घरभित्र राखिएको भाडावर्तन, लत्ताकपडा, अन्नपात, सुन आधा तोला, नगद ५० हजार र गोठ समेत पूर्णरुपमा जल्दा १६ लाख बराबरको क्षति भएको छ ।

उक्त आगलागी मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा विहान २ बजेपूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया